आज र भोली बाढी आउन सक्ने, सतर्क रहन बाढी पूर्वानुमान शाखाको सुझाव

आज र भोली बाढी आउन सक्ने, सतर्क रहन बाढी पूर्वानुमान शाखाको सुझाव

३१ भदौ, काठमाडौं ।

निरन्तरको वर्षाका कारण बाढी आउने भएकाले मंगलबार र बुधबार देशका पूर्व देखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने नदीका तटिय क्षेत्रका बासिन्दालाई बाढी पूर्वानुमान शाखाले सतर्क रहन सूचना जारी गरेको छ।

शाखाले कोसी, बागमती, नारायणी ,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपुर,बारा,पर्सा,चितवन,नवलपरासी,रूपन्देही,कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले तटिय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो।

हाल नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने संभावना रहेकाले डण्डा,कावाशोती र आसपासको गिरिउवारी लगायत अन्य स(साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने बताउँदै स्थानीयलाई सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ।

यसैगरी उसले कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ।

यस्तै चितवन जिल्ला माडी क्षेत्रको बनकट्टा,कल्याणपुर र आसपास पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएकाले रिउखोलामा जलसतह सतर्कता तह आसपास पुगेको र खतरा तह पार गर्ने सम्भावना रहेकोले बेलुका सम्म उच्च सतर्कताको साथ रहन भनेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.