मुलुकले काँचुली फेरेरै छाड्ने प्रधानमन्त्रीको प्रतिवद्धता

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याएका छन् । तर त्यसका लागि सबैलाई धैर्य गर्न पनि प्रधानमन्त्री ओलीको विशेष आग्रह छ ।

संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दावी गरे ।

‘संविधान दिवसको अवसर पारेर म फेरि प्रतिवद्धता जाहेर गर्दछु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्–हुनेछ । यस अभियानको नेतृत्वमा म छु,’ प्रधानमन्त्री ओली भनाई थियो, ‘तर त्यसका लागि धैर्य गरौं–अढाई दशकदेखिको खजमजिएको थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्ने जस्ता प्रश्नहरुमाथि एक चोटी पुनर्विचार गरौं ।’

प्रधानमन्त्री ओलीले मुलुक बनाउने ठोस आधार पनि प्रस्तुत गरेका छन् । ‘हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन् । अनुकूल जलवायु छ । राजनीतिक स्थिरता छ । तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ । युवा क्रियाशील जनशक्ति ठूलो छ ।,’ यसैलाई परिचालन गरेर मुलुकको काँचुली फेर्ने प्रधानमन्त्री ओलीको योजना छ ।

धानमन्त्री ओलीले युवा पुस्ता छिप्पीनु अघि नै विकासको तीव्र गतिको दौड पूरा गर्नुपर्ने पनि स्पष्ट पारे । उनले जनताको मुर्छित सपनाहरुलाई साकार पार्न सरकार दृढतापूर्वक लागि परेको पनि बताए ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्ष नहुन पनि आह्वान गरे । उनले संविधान विरोधी गतिविधिमा संलग्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा आउन ढिलाई नगर्न पुनः आग्रह गरे ।

हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थाहरुलाई पनि यसले यसै अवधिमा मूलधारमा फर्काउन सफल भएको छ ।’ प्रधानमन्त्री ओलीको आग्रह छ,‘ जो अझै बाटो भुलिरहेका छन्, उनीहरुले पनि मूल धारमा आउन ढिलाई गर्नु हुन्न ।’

प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएको उल्लेख गर्दै राजनीतिको नाममा शान्ति, सुरक्षा र मुलुकको राष्ट्रिय एकतालाई खल्बल्याउने खालका संविधान र कानुन विपरितका गतिविधिलाई सरकारले कडाईका साथ रोक्ने चेतावनी पनि दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले हालसम्म हासिल गरेको उपलब्धिहरुको चर्चा गर्दै समृद्ध, सुःखी र सभ्य मुलुक निर्माण हुने आधार तय गरिएको पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top