नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट

नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट

३ असोज, भोजपुर । षडानन्द नगरपालिकाको कार्यालय परिसर नगरपालिकाको गाडीलाई लक्षित गरी आज विहान बम विस्फोट भएको छ । शुक्रबार बिहान नगरपालिका परिसरमा नै राखिएको गाडीलाई लक्षित गरी प्रेसर कुकर बम विस्फोट भएको हो ।

बिहान तीन बजेको समयमा नगरपालिकाको सवारीमा कुकुर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरबहादुर सलामी मगरले बताए । विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।

‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको डीएसपी मगरले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.