५ असोज सुनसरी ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने २७ बर्षीय सबिन राईको स्कुटी दुर्घटनामा परी मृत्यु भएको छ ।
शनिबार साँझ धरान जिरोप्वाईन्ट कोशी राजमार्गबाट भेडेटार तर्फ जादै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक राई गम्भीर घाईते भएका थिए । उनको उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
स्कुटी ,ट्रक र ट्रक चालक ईटहरी–६ बस्ने ५४ बर्र्षीय भिम थापालाई प्रहरीले नियन्त्रणमा लिएको इलाकाप्रहरी कार्यालय धरानले जनाएको छ ।