छिमेकीको बन्चरो प्रहारबाट ओखलढुङ्गामा २ जना घाईते

छिमेकीको बन्चरो प्रहारबाट ओखलढुङ्गामा २ जना घाईते

५ असोज, ओखलढुङ्गा ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीफस्कु बस्ने ५५ वर्षीय हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गर्दा २ जना घाईते भएका छन् ।

उनले शनिबार राती ११ बजे सोही स्थान बस्ने बर्ष ७२ को बिश्रबहादुर राई र निजकै श्रीमती बर्ष ६५ की रत्नमाया राईलाई बन्चरोले शरीरको बिभिन्न भागमा प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।

घाईतेलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाएको र घटनामा संलग्नहर्कजित राईलाई बन्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.