५ असोज, काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरी भित्र अनियमितता नभएको दावी गरेका छन् ।
प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन भित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।
आईतबार १५ दिन ट्राफिक स्वायम्सेवक परिचालन कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन पनि नेपालप्रहरी कटिवद्ध भएर लागि परेको बताए ।
प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि युवाहरुको परिचालनमा जोड दिने पनि बताए । उनले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियानकै रुपमा संचालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधानगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीको भूतपूर्व संगठनहरु पनि स्वयम्सेवकको रुपमा परिचालन हुने अपेक्षा समेत गरेका छन् ।