एशियाका बाख्रा विज्ञहरुको सम्मेलन चितवनमा हुने

४ असोज ७६, आइतबार

५ असोज, काठमाडौँ ।
चितवनमा ‘एशिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन’ हुने भएको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्याम्पसको बहुउद्देश्यीय हलमा सो सम्मेलन आयोजना गर्न लागिएको औंपचारिक जानकारी गराएको हो ।

आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म आयोजना हुने सो सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, अमेरिका, क्यानडा, चीन, इन्डोनेशिया, जापान, क्युवा, फ्रान्स बंगलादेश, केन्यालगायतका १४ देशका बाख्रा अनुसन्धान तथा विकासमा विशिष्ट योगदान पु¥याएका सफल बैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र विद्यार्थीहरुको सहभागिता रहने सम्मेलन आयोजना समितीकी संयोजक एवम् सो विश्वविद्यालयकी कायममुकायम उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलियाले जानकारी दिए ।

‘विकाशशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने नाराका साथ आयोजना हुने सो सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्राः बाख्रा उत्पादनका नीति, बाख्राजन्य उत्पादनमा प्रविधिको विकासलगायतका क्षेत्रमा विस्तृत छलफल हुनेछ । विश्वमा बाख्रा उत्पादनको दृष्टिले एशीया महादेशलाई उर्बरा भूमिको रुपमा लिने गरिन्छ । नेपालमा मात्रै गत आर्थिक वर्षमा करिव ५ अर्व बराबरको आम्दानी मासु निर्यातबाट भएको सरकारी तथ्यांक छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top