गाँउमा जाने योजनाबाट पैसा निकाल्ने सोच बदलौँ : उर्जामन्त्री पुन

४ असोज ७६, आइतबार

५ असोज, काठमाडौँ ।
उर्जामन्त्री वर्षमान पुनले स्थानीय जनतालाई बिकास निर्माणका आयोजनामा सकारात्मक बाताबरण बनाउन आग्रह गरेका छन् । काठमाडौँमा भएको जलबिद्युत सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले बिकास आयोजनामा स्थानीय जनताले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका हुन् ।

Advertisement

पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउदा लगानी मैत्री बातावरण बिग्रिएको भन्दै मन्त्री पुनले बिकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताए । कुनै नयाँ आयोजना गाउँमा आउना साथ धेरै भन्दा धेरै पैसा निकाल्नु पर्छ, स्कूल भवन, बाटो, सडक बनाउ भनेर दुख दिदा लगानीकर्ता निराश भएर भाग्ने अवस्था आउन नदिन स्थानीय नै सजग हुनुपर्ने बताए । केन्द्रीय सरकार वा स्थानीय सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले ब्यबहारिक रुपमा बिकास मैत्री लगानी मैत्री बाताबरण बनाउन आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा मन्त्री पुनले आयोजना निर्माणकर्ता र लगानीकर्ताले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडी बढाउन आग्रह गरे । मन्त्रालयमा धेरै डेलिगेसन आयोजना निर्माण पक्षले स्थानीयलाई सरोकार नै नराखी समन्वय नगरी काम अगाडी बढाउदा अप्ठेरोमा परेको गुनासो बोकेर धेरै आउने गरेको बताए । आयोजनाहरुको सार्वजनिक सुनुवाई नाम मात्रको गर्ने,प्रभावित जनता बसेको स्थानमा नगर्ने,वातावरणीय प्रभाव मुल्यांकन हचुवाको भरमा गर्ने,स्थलगत अध्ययन र स्थानीयको सहभागिता नराखी गरिने भन्दै मन्त्री पुनले आयोजना निर्माण पक्षले सरकारले तोकेको र गर्नु भनेको सम्पूर्ण काम बास्तविक रुपमा गर्न आग्रह गरे । तोकेको प्रक्रियाले स्थानीयमा अपनत्व बढाउने भएकोले स्थानीयलाई साथमा लिनुको बिकल्प नरहेको बताए ।

Advertisement

कार्यक्रममा मन्त्री पुनले मोदी खोलाका जलबिद्युत आयोजनाहरुले परेको वतावरणीय प्रभाव मुल्यांकन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरे । सरकारले बिद्युत ऐन सम्बन्धि मस्यौदा तयार गरि सार्वजनिक प्रतिक्रिया र छलफलको लागि मन्त्रालयको वेब साइटमा राखेको भन्दै अध्ययन गरि सुझाव दिए । मन्त्री पुनले बिद्युत ऐनको मस्यौदामा बिद्युत उत्पादनमा सबै तहका सरकारले उत्पादन विकास र वितरण समेत गर्न सक्ने गरि अधिकार बाँडफाँड गरेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top