एजेन्सी, असोज ७
जारी क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली बार्बाडोस ट्राइडेन्स जमैका तल्लावाहससँग ५ रनले पराजित भएको छ । बार्बाडोसलाई अन्तिम दुई बलमा ६ रन चाहिएको अवस्थामा सन्दीपले दुबै बल डट खान पुगेपछि पराजित भएको हो । सन्दीप ८ बलमा १ चौका सहित ९ रनमा अविजित रहे ।
१ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनायो । उसका लागि जोशन चाल्र्सले ३५ बलमा ३ चौका सहित सर्वाधिक ३१ रनको योगदान दिए । एलेक्स हक्सले १६ र जोनाथन कार्टर १७ रनको योगदान दिएँ । तल्लोक्रममा रेमोन रिफरले १२ बलमा समान २ चौका र छक्का सहित २६ रनको योगदान दिए । इमरान खान र शमर स्पिन्गरले समान ३ विकेट लिए । ड्वेन स्मिथले २ र जाहिर खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको जमैका निर्धारित २० ओभरमा अल आउट १ सय २७ रनमा अल आउट भयो । उसका लागि विकेटकीपर ग्लेन फिलिप्सले ३५ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । चाडविक वाल्टन १३,क्रिस गेल १,इमरान खान १० र कप्तान जर्ज वर्कर ६ रनमा आउट भए । बार्बाडोसका लागि सन्दीपले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान जोसन होल्डर र रेमोन रिफरले समान २ विकेट लिए । रोशन प्रिमुस,हेरी गुर्नी र जेपी ड्युमिनीले १ विकेट लिए ।