हतियारको लगानी रोजगारीमा लगाउन गोकर्ण विष्टको सुझाव

७ असोज ७६, मंगलबार

७ असोज, काठमाडौं ।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीगोकर्ण विष्टले रोजगारीको सृजनाहुने क्षेत्रमालगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रहगरेका छन् ।

मन्त्री विष्टले श्रमिकको हितहुने गरी रोजगारीको अवसर सृजनागर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

Advertisement

मंगलबारबाट काठमाडौंमा सुरु भएको विश्व ट्रेड युनियनमहासंघ अन्तरगतको ‘एशियाप्रशान्त क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै उनले विश्वमा युद्ध र युद्धमा प्रयोग हुने हतियारकालागि गरिएका सबै लगानी रोजगारीको अवसर सृजना गरेर मानवजातिको हित र कल्याणका लागिउपयोग गर्नुपर्ने पनि स्पष्ट पारे ।

मन्त्री विष्टले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै एशीयाप्रशान्त क्षेत्रको श्रमिकको हितमाकामगर्न नेपाल सरकार तयार रहेको पनि बताए । मन्त्री विष्टले नेपालले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामाल्याउने कामलाई तीव्रतादिएको पनि दावी गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top