नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ हुने

नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ हुने

१७ असोज, काठमाडौं । नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने भएको छ । विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गर्ने उद्देश्यका साथ यही असोज २४ र २५ गते काठमाडांैमा पहिलो पटक सो सम्मेलन आयोजना हुन लागेको हो ।

विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गराउने मुख्य उद्देश्यसहित काठमाडौंमा सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रेशम तमूले जानकारी दिए ।

२ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ४० वटा भन्दा बढि राष्ट्रका तमू प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनमा आदिवासी जनजातिसम्बन्धि संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगको विश्वव्यापी घोषणा पत्र, तमू समुदायको उत्पत्ति, भाषा र संस्कृतिका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गणतन्त्र नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादवले सो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने जानकारी पनि गराइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.