विप्लवका मोरङ सेक्रेटरी पक्राउ

विप्लवका मोरङ सेक्रेटरी पक्राउ

१७ असोज, विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट बिहीबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

खतिवडालाई विस्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको उनको भनाइ छ । उनीमाथि बेलबारीसहित विभिन्न स्थानमा बम विस्फोट गराएको आरोप छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.