वीरगंजबाट फरार प्रतिवादी पक्राउ

१७ असोज ७६, शनिबार

१८ असोज, वीरगंज ।
चोरी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका वडा नं ३ छप्कैया  बस्ने २० वर्षीय सफरेज देववान पक्राउ परेका छन् ।

Advertisement

उनलाई शुक्रवार पक्राउ गरि  प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।  जिल्ला अदालत पर्साले १ महिना कैद र ५० हजार जरिवाना तोकिएका देववानलाई बिर्ता पर्साबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा शुक्रवार साँझ पक्राउ गरेको थियो ।

नजिकैको गाँउघरमा लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिई कार्वाहीका  लागि जिल्ला  अदालत पर्साबाट म्याद थपको पक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top