स्टार खेलाडीहरुको गोलले रियल चम्कियो

१९ असोज ७६, आइतबार
Share this
678shares

१९ असोज, एजेन्सी ।
स्टार खेलाडीहरुले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा ग्रानडालाई ४–२ गोलले हराएको छ।

Advertisement

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रिगेजले एकरएक गोल गरे । ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एकरएक गोल फर्काए ।

रियलका लागि खेलको दोस्रो मिनेटमै बेन्जिमा, पहिलो हाफको ‘इन्जुरी’ समयमा हजार्ड, ६१औं मिनेटमा मोड्रिच र खेलको अन्तिम समयमा रोड्रिगेजले गोल गरेका हुन् ।

Advertisement

ग्रानडाका डार्विनले ६९औं मिनेटमा पेनाल्टीमा र ७७औं मिनेटमा डोमिन्गोसले गोल फर्काएका थिए ।

जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलबाट १८ अंक जोडेको छ । पराजित ग्रानडा ८ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ ।

Advertisement

ला लिगाअन्तर्गत् नै अर्को खेलमा लेभान्टेले लेगानेसलाई २–१ ले हराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top