थाइल्याण्डमा नरकको झरनामा खसेर हात्तीहरु मरे

१८ असोज ७६, आइतबार

१९ असोज, एजेन्सी ।
थाइल्याण्डमा ६ ओटा हात्ती झरनाबाट खसेर मरेका छन् ।

थाइल्याण्डको खाओ याई नेशनल पार्कमा रहेको झरनामा एकअर्कालाई बचाउने क्रममा हात्तीहरु मरेका हुन् । सबैभन्दा पहिले हात्तीको समूहको एउटा छावा झरनाबाट खसेको थियो र उसलाई बचाउने कोसिस गर्दा अरु पाँच ओटा हात्ती पनि खस्न पुगे ।

त्यस्तै दुई ओटा अन्य हात्ती नजिकैको चट्टानमा फसेका थिए, जसलाई प्रशासनले डोरीको मद्दतमा सफलतापूर्वका बाहिर निकालेको छ । जुन झरनामा यो घटना घट्यो, त्यसलाई स्थानीय भाषामा ‘नरकको झरना’ भनिन्छ र यसअघि पनि यहाँ यस्ता घटना हुँदै आएका छन् ।

Advertisement

सन् १९९२ मा आठ ओटा हात्तीको एक समूह यही स्थानमा समाप्त भएका थिए । त्यस समयमा पनि पूरै देशमा यो बारेमा चर्चा भएको थियो ।

थाइल्याण्डको राष्ट्रिय उद्दान, वन्यजीवन र वन संरक्षण विभागका अनुसार शनिबार स्थानीय समयअनुसार दिउँसो तीन बजे हात्तीको एउटा समूह झरना नजिकको सडक छेकेर जम्मा भएका थिए ।

Advertisement

त्यसको तीन घण्टापछि तीन वर्षको हात्तीको एउटा छावा झरनाको किनारमा मृत अवस्थामा भेटिएको थियो । अन्य पाँच ओटा हात्ती पनि मृत अवस्थामा त्यही नजिएको भेटिएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top