×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026

राष्ट्र बैंकद्वारा करिब ५ खर्ब रुपैयाँ नष्ट

२२ आश्विन २०७६

२२ असोज, काठमाडौं । दशैंमा टीका लगाएर दक्षिणामा नयाँ नोट दिने चलन रहेकाले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । नोटहरुको जतन नहुँदा भने राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ ।

बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन् । यदि कसैसँग भएको नोट काम नलाग्ने अवस्थामा पुगेको छ, तर त्यो नोटको नम्बर प्रष्ट देखिन्छ भने राष्ट्र बैंकबाट साटेर अर्को लैजान सकिन्छ ।

Advertisement
Advertisement

नेपाली नोटहरुको आयु धेरै लामो हुँदैन । एक हजार र ५ सय रुपैयाँका ठूला नेपाली नोटहरुको आयु ५ देखि ६ बर्ष हुने र सो भन्दा कमका नोटहरुको आयु अझ कम २ देखि ३ वर्षको मात्र रहने अनुमान गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाको भनाई छ ।

अहिले करिब ५ खर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा रहेको बैंकले बताएको छ । यसमध्ये राष्ट्र बैंक स्थापना हुनुअघि नै सरकारले निष्काशन गरेको ५७ लाख ५७ हजार ८ सय ९२ रुपैयाँ विभिन्न दरका नोटहरु समेत छन् ।

बजारमा ४ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ बराबरका विभिन्न नोटहरु प्रचलनमा रहेको राष्ट्र बैंकको असोज पहिलो साताको तथ्यांकमा देखिन्छ । जति नोट प्रचलनमा छन्, सोही हाराहारीको नोट राष्ट्र बैंकले जलाइसकेको छ ।

करिब ५ खर्ब रुपैयाँ बराबरका नोट बजारमा रहेको र झण्डै सोही परिमाणका थोत्रा नोट जलाएर नष्ट गरिएको राष्ट्र बैंकले बताएको छ ।

पुराना नोट कसरी नष्ट गरिन्छ त ?

नोट नष्ट गर्न गठित समितिले जम्मा भएका नोट सिधै नष्ट भने गर्दैन । सबैभन्दा पहिला बैंकले नष्ट गर्ने भनेर तयार पारेका नोट कति छन् भनेर यकिन गर्छ । ती नोटहरुमा प्वाल पार्नु पर्ने हुन्छ । काम नलाग्ने भनेर चिन्नका लागि ती नोटहरुमा पञ्चिङ मेसिनले प्वाल पार्ने गरिन्छ ।

यद्यपि, छपाई बिग्रेका र नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको दाबी परी प्राप्त हुन आएका नोटहरू धुल्याउँदा भने प्वाल पार्नु नपर्ने व्यवस्था छ ।

Advertisement

जम्मा पारेर पञ्चिङ मेसिनले समेत प्वाल पारिसके पछि पुनः नोट कति परिमाणमा जलाउन लागिएको हो भनेर एकिन गरी मुचुल्का बनाएर मात्र राष्ट्र बैंकले ती नोटहरु जलाएर खरानी बनाउने गरेको छ ।

भर्खरको समाचार

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

khata-ma-uravaraka-ka-chhaugdhakava-karata-hae-kasana_d6e7b54517e33bd9f7bc17f823bdc3cf

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

सम्बन्धित खबरहरु

Scroll to Top