लादेन पत्ता लगाउन सहयोग गर्ने शकिलको पाकिस्तानी अदालतमा आज सुनुवाई

२१ असोज ७६, बुधबार

२२ असोज, एजेन्सी ।
ओसामा बिन लादेनलाई पत्ता लगाउन सहयोग गर्ने एकजना चिकित्सकलाई रिहा गर्न परेको रिटमाथि पाकिस्तानी अदालतमा सुनुवाई हुने भएको छ ।

पाकिस्तानको पेशावरस्थित उच्‍च अदालतलमा अमेरिकालाई बिना लादेन लोकेसनको विषयमा सूचना दिने चिकित्सक शकिल अफ्रिदीको मुद्दामा बुधबार पहिलोपटक सुनुवाई हुने भएको हो ।

विश्वकै मोस्ट वान्टेड सूचीका व्यक्ति लादेनको खोजी र हत्यामा सहयोग गरेको अभियोगमा सन् २०११ मा उनलाई मुद्दा चलाइएको थियो । तर, डा अफ्रिदीले भने उक्त आरोप अस्वीकार गरिरहेका छन् ।

Advertisement

उनलाई जेल चलान गरिएसँगै अमेरिकाले पाकिस्तानलाई प्रदान गर्ने सहयोग रकममा ३३ मिलियन अमेरिकी डलर कटौती गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को चुनावी अभियानका क्रममा डा अफ्रिदीलाई रिहा गर्ने प्रतिबद्धता गरेका थिए ।

उनले अभियानका क्रममा आफू निर्वाचित भएमा दुई मिनेटमा अफ्रिदीलाई छुटाउने वाचा गरेका थिए । तर, उनको कार्यकाल सकिनै लाग्दासमेत अफ्रिदी छुट्न सकेका छैनन् ।

Advertisement

अफ्रिदीलाई अमेरिकामा हिरोु घोषित गरिएको छ । तर, पाकिस्तानमा भने उनलाई मुलुकलाई नै अपमानित गर्ने व्यक्तिको रुपमा हेरिन्छ । अफ्रिदी एक खबिर जाती भएको जिल्लामा एक उच्च चिकित्सकको रुपमा कार्यरत थिए ।

उनले अमेरिकी लगानीमा सुरु भएको खोप कार्यक्रमको प्रमुख भएर काम गरेका थिए । (बीबीसी)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top