२२ असोज, एजेन्सी ।
ओसामा बिन लादेनलाई पत्ता लगाउन सहयोग गर्ने एकजना चिकित्सकलाई रिहा गर्न परेको रिटमाथि पाकिस्तानी अदालतमा सुनुवाई हुने भएको छ ।
पाकिस्तानको पेशावरस्थित उच्च अदालतलमा अमेरिकालाई बिना लादेन लोकेसनको विषयमा सूचना दिने चिकित्सक शकिल अफ्रिदीको मुद्दामा बुधबार पहिलोपटक सुनुवाई हुने भएको हो ।
विश्वकै मोस्ट वान्टेड सूचीका व्यक्ति लादेनको खोजी र हत्यामा सहयोग गरेको अभियोगमा सन् २०११ मा उनलाई मुद्दा चलाइएको थियो । तर, डा अफ्रिदीले भने उक्त आरोप अस्वीकार गरिरहेका छन् ।
उनलाई जेल चलान गरिएसँगै अमेरिकाले पाकिस्तानलाई प्रदान गर्ने सहयोग रकममा ३३ मिलियन अमेरिकी डलर कटौती गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को चुनावी अभियानका क्रममा डा अफ्रिदीलाई रिहा गर्ने प्रतिबद्धता गरेका थिए ।
उनले अभियानका क्रममा आफू निर्वाचित भएमा दुई मिनेटमा अफ्रिदीलाई छुटाउने वाचा गरेका थिए । तर, उनको कार्यकाल सकिनै लाग्दासमेत अफ्रिदी छुट्न सकेका छैनन् ।
अफ्रिदीलाई अमेरिकामा हिरोु घोषित गरिएको छ । तर, पाकिस्तानमा भने उनलाई मुलुकलाई नै अपमानित गर्ने व्यक्तिको रुपमा हेरिन्छ । अफ्रिदी एक खबिर जाती भएको जिल्लामा एक उच्च चिकित्सकको रुपमा कार्यरत थिए ।
उनले अमेरिकी लगानीमा सुरु भएको खोप कार्यक्रमको प्रमुख भएर काम गरेका थिए । (बीबीसी)