काठमाडौंको असनमा खडग जात्राको रमझम

काठमाडौंको असनमा खडग जात्राको रमझम

२२ असोज, काठमाडौं । काठमाडौंको असनबासीले हर्षोउल्लासका साथ खडग जात्रा मनाएका छन् । दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन् ।

टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ । टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिए ।

सबैभन्दा कम उमेरका नानीलाई खडग बोकाएर टोल परिक्रम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाई छ । ११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खडगले कुभिण्डो काटेर दूर्गा भवानीलाई बलि दिने प्रचलन छ ।

जात्रामा स्थानीयले खडग लिएका सानो नानीलाई पूजा गर्ने, दक्षिण दिने र नेवारी परम्परा अनुसारको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.