ट्रम्प स्वयंले आफूमाथि आरोप प्रमाणित गराएः बाइडन

२२ असोज ७६, बिहीबार

२३ असोज, एजेन्सी ।
अमेरिकाका भूतपूर्व उपराष्ट्रपति जो बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइनु पर्छ भनेर पहिलोपटक प्रत्यक्ष आह्वान गरेका छन्।

न्यू ह्याम्पसरमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले कानुन पालनामा अवरोध उत्पन्न गराएर ट्रम्प स्वयंले आफूमाथि आरोप प्रमाणित गराइरहेको बताए।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडन विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार मनोनीत हुने दौडमा छन्। उनको दल डेमोक्र्याटिकका अगुवाहरूले सदनमा ट्रम्पविरुद्ध महाभियोगको छानबिन गरिरहेका छन्।

Advertisement

ह्वाइट हाउसले सदनले थालेको महाभियोग छानबिनमा सहयोग नगर्ने बताएको भोलिपल्ट बाइडनको यो टिप्पणी आएको छ। बाइडनले सम्बोधन गर्दै गर्दा ट्रम्पले भने ट्विटरमा उनीप्रति अपमानजनक शब्द प्रयोग गर्दै खिल्ली उडाएका छन्।

युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वी बाइडनविरुद्ध छानबिन गराउन दबाव दिएको आरोपमा ट्रम्पमाथि सदनका डेमोक्र्याटिक नेताहरूले महाभियोगको छानबिन गरिरहेको छ।

Advertisement

यसबीच विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने ह्वाइट हाउसले जनाएको छ। सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ।

डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन्।(बिबिसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

सम्बन्धित समाचार

Scroll to Top