२४ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन गृह मन्त्रालयले बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको बताईएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो । चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।