NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र शनिबार भदौ २१ , २०८२
भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली शनिबार भदौ २१ , २०८२
युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

आन्तरिक पर्यटकले भरियो पोखरा

मङ्लबार अशोज २८ , २०७६
Reading Time: 1 min read
A A
आन्तरिक पर्यटकले भरियो पोखरा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ असोज, कास्की । 

उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो ।

समूह समूहमा आएका पर्यटकका साथै पारिवारिक घुमघाममा आएका पर्यटक यतिखेर कतै सामूहिक फोटो खिचाउँदै छन् त कतै सेल्फी खिच्दै गरेका देखिन्छन् । दशैँ बिदा शुरु भएलगत्तै विभिन्न भागबाट पोखरा आउने पर्यटकका कारण यहाँका पर्यटन व्यवसायीलाई यो यामको उपयोग गर्न भ्याइनभ्याइ छ ।

LS Auto

विगतका वर्षमा यस याममा विदेशी पर्यटककको पनि राम्रै चाप देखिने गरेकामा यस वर्ष भने उक्त सङ्ख्या उत्साहजन नदेखिएको मेरिगोल्ड होटेल लेकसाइटका सञ्चालक विश्वराज अधिकारीले बताए । विदेशी पर्यटकको आगमन हुने मुख्य याम भए पनि उनीहरूको सङ्ख्या उल्लेख्य नभएको बताउँदै उनले आएका विदेशी पनि गाउँतिर आकर्षित बन्ने गरेको बताए ।

‘पोखराको लेकसाइट र आसपासमा यतिखेर विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या धेरै देखिन्छ, विदशी पर्यटक शहरभन्दा गाउँतर्फ आकर्षित बनेका छन्’, माछापुच्छ्रे गाउँपालिका वडा नं ६ उपल्लो अस्ताममा अन्नपूर्ण इको भिलेजसमेत सञ्चालन गर्दै आएका अधिकारीले भने ।

दशैँको बिदा शुरु भएयता लेकसाइट क्षेत्रमा आन्तरिक पर्यटकको चाप भने उत्साहजन देखिएको बताउँदै उहाँले दशैँ र आसपासका केही दिनमा यहाँका होटेलमा झण्डै ९५ प्रतिशतसम्म आन्तरिक पर्यटकको भरिएको जानकारी दिए ।

अन्नपूर्ण चक्रीय पदमार्ग, धौलागिरि चक्रीय पदमार्ग र मर्दी हिमाल ट्रेक जाने मुख्य गन्तव्य पोखरा भएकाले पदयात्री पर्यटकका कारण पनि यस समयमा पोखरामा पर्यटकको चाप हुने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष एवं होटल रानिवन अर्किट, लेकसाइटका सञ्चालक हरि भुजेलले बताए ।

उनका अनुसार प्रत्येक वर्ष सेप्टेम्बरको मध्यदेखि अक्टोबर, नोभेम्बरसम्म पदयात्राको मुख्य याम मानिन्छ । विश्वकै उत्कृष्ट १० वटा पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकले पनि यहाँका पर्यटनमा टेवा पु¥याएको उनले बताए ।

काठमाडौँबाटै बुकिङ गरेर पदयात्रामा आउनेलाई कतिपय एजेन्सीले भने सिधै पदयात्राको प्रारम्भ क्षेत्रमा पु¥याउने भएका कारण उनीहरूले पोखराको सौन्दर्यताको अनुभव गर्न नपाएको उनको भनाइ छ ।

दशैँ तिहारको समयमा धार्मिकरुपमा आउने भारतीय पर्यटकका कारण पनि पोखराको पर्यटन चलायमान हुने गरेको छ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेपछि भारतका विभिन्न स्थानबाट मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

मुक्तिनाथ जानका लागि पोखरा अनिवार्य आउनुपर्ने भएका कारण पनि ती पर्यटक मुक्तिनाथ जाँदा र फर्कंदा केही दिन पोखरामा बिताउने गरेका छन् । पोखरा आउने पर्यटकले यहाँस्थित फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्ने गर्दछन् ।

धार्मिकरुपमा फेवातालको बीचमा रहेको तालबाराही मन्दिरका साथै यहाँका विन्ध्यवासिनी मन्दिर, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्दछन् । मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समय पनि पोखरामा पर्यटकको सङ्ख्या बढ्ने गरेको छ ।

दशैँ तिहारजस्ता चाडबाडले पर्यटन बजार चलायमान हुने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । पछिल्लो समय नेपालीमा घुमफिर संस्कृति बढ्दै गएको बताउँदै उनले विशेष गरी बिदाको समयमा देशका विभिन्न स्थान घुम्नेक्रम बढिरहेको उल्लेख गरे ।

नेपालका लागि भारत र चीन मुख्य पर्यटन बजार भएको बताउँदै प्रबन्धक थपलियाले दशैँलगत्तै चिनियाँ राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणले यहाँ चिनियाँ पर्यटकको आमगन बढ्नसक्ने विश्वास व्यक्त गरे ।

विसं २०७२ को भूकम्पले प्रभावित नेपालको पर्यटन पछिल्ला वर्षमा वर्षेनी बढिरहेको छ । तथ्याङ्कअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ३९ हजार विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०१६ मा उक्त सङ्ख्या सात लाख ५८ हजार पुगेको थियो ।

त्यस्तै विसं २०१७ मा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल आएकामा २०१८ मा ११ लाख ७३ हजार पर्यटक आएका थिए । पछिल्ला वर्षमा दशैँका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैँ पेश्की एवं बोनस दिने गरेका कारण पनि अधिकांशले यसको उपयोग घुमफिरमा गर्ने गरेका छन् ।

आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरा पर्ने भएकाले अधिकांशले दुईदेखि तीन दिनसम्मको समय छुट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गर्दै तालबाराहीको दर्शन गर्दछन् भने हिमाली दृश्यावलोकनका लागि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुग्ने गर्दछन् ।

तालबाराहीसहित पोखराका विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ ।रासस

लोकप्रीय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२

विचार

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२

थप समाचार

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
अन्तर्राष्ट्रिय

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र
अन्तर्राष्ट्रिय

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.