महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

२८ असोज, काठमाडौँ ।
बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधिश दीपकुमार दाहालको ईजलासले महरालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

गत असोज १९ गते संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेपछि पक्राउ परेका उनको यसअघि अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन । तर मंगलबार ३ दिन म्याद थप गरिएको हो । जस अनुसार निर्वमान सभामुख महरा शुक्रबारसम्म हिरासतमा रहनेछन् । यो अवधिमा प्रहरीले उनीसँग बयान लिनेछ । सो अवधिमा पनि अनुसन्धान नसकिए महरालाई फेरी अदालतमै उपस्थित गराएर म्याद थप गरिनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.