२८ असोज, काठमाडौँ ।
एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई अभिनेता राजेश हमालले भेटेका छन् ।हमालले सोमबार कीर्तिपुर अस्पतालमै पुगेर मुस्कानलाई भेटेका हुन् ।
मुस्कानको अवस्था देखेर राजेश हमाल एक छिन भावविह्वल भएका थिए । अभिनेता हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने भनी सान्त्वना दिँदै छिट्टै घर फर्किन मिल्ने मुस्कानलाई आश्वासन समेत दिएका थिए । महानायक हमालले भेट गर्दा मुस्कान पनि खुशी देखिएकी थिइन् ।
एसिड आक्रमणमा परेपश्चात लाई देश तथा विदेशका कलाकारहरुले सन्देश पठाएर तथा भेटेर निकै उत्साह थपिरहेका छन् । बलिउडका कलाकारहरु अमिताभ बच्चन, वरुण धवन लगायतले मुस्कानको विषयमा भिडियो सन्देश पठाएका छन् भने नेपाली कलाकारहरुले पनि अस्पतालसम्मै पुगेर मुस्कानसँग कुरा गरिरहेका छन् ।









