दुई लाख भारतीय रुपैँयासहित विराटनगरबाट एक जना पक्राउ

दुई लाख भारतीय रुपैँयासहित विराटनगरबाट एक जना पक्राउ

२८ असोज, विराटनगर ।
अवैध २ लाख भारतीय रुपैँयासहित विराटनगरबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान १० बजेको समयमा विराटनगर–१५ भन्सार कार्यालयको २ नम्बर ढाट स्थित भारतबाट नेपालतर्फ पैदल आउदै गरेका भारतीय नागरिक २४ वर्षीय आसुतोष सोनीलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी टोलीले चेकजाँच गर्दा उनको झोलाभित्र राखी ल्याएको अवैध भारतीय नगद रू २ लाख फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.