२९ असोज, काठमाडौँ ।
कात्तिक २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा नव–नायिका सुमी मोक्तानको एक्सन रहेको छ । उनले, चलचित्रका लागि खुबै मिहिनेत गरेको ट्रेलरबाट पनि वुझ्न सकिन्छ । यो चलचित्र रिलिजपछि सुमी एक्सन नायिकाको रुपमा उदाउने संभावना देखिएको छ ।
हरि हुमागाँइको निर्देशनमा बनेको चलचित्रमा सुमीको अलवा सन्नी सिंह, विजय लामा, आमिर गौतम, यूवराज लामा, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । लक्ष्मी कुमारी तामाङ निर्माता रहेको चलचित्रमा श्री महर्जन सह–निर्माता छन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको एक्सन छ ।









