एजेन्सी, फागुन १२
भारतको केरला राज्यमा प्रहरीले एक जना नागरिकलाई बाँधेर कुटिएको अवस्था सेल्फी लिएको भन्दै २ जनालाई पक्राउ गरेको छ । उक्त घटना सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले घटनामा संम्लग्न २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले घटनामा संलग्न अन्यको खोजी जारी राखेको जनाएको छ । सामाजिक संजालका फैलिएको भिडियो फूटेज तथा फोटाहरुमा एक जना नागरिकलाई बाँधेर राखिएको अवस्थामा सेल्फी खिचिएको देखाइएको छ । कुटाइ खाने व्यक्ति स्थानीय आदिवासी भएको जनाइएको छ ।
उनले खानका लागि भात चोरेर खाएको भन्दै स्थानीयले बाँधेर कुटपीट गरेको जनाइएको छ । उक्त व्यक्तिको घटनास्थलमा नै ज्यान गएको भारतीय सनचार माध्यमहरुले जनाएका छन ।