ओलीजी जे चाहनुहुन्छ त्यही हुन्छः प्रचण्ड

३० असोज ७६, शुक्रबार

१ कार्तिक, धनगढी ।
सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यस विषयमा आफूलाई प्रश्न नगर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् ।

Advertisement

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले तत्काल सरकार फेरबदलको कुनै सम्भावना नरहेको पनि बताएका छन् । उनले मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे ।

मन्त्री फेरिने भए भनेर व्यापक हल्ला फैलिएकोमा त्यसमा कुनै सत्यता नभएको उनले उल्लेख गरे । सरकार फेरबदलको कुरा के हो ? पत्रकारको जिज्ञासामा प्रचण्ड भन्छन्, ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’

Advertisement

उनले भने, म पनि अध्यक्ष हुँ, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top