सीको नेपाल भ्रमणको सफलतासँगै खतरा पनि बढ्यो : वरिष्ठ नेता नेपाल

सीको नेपाल भ्रमणको सफलतासँगै खतरा पनि बढ्यो :  वरिष्ठ नेता नेपाल

२ कात्तिक, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाईराख्नुपर्ने चुनौति थपिएको बताएका छन् । हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलता संगै खतरा पनि बढेको बताए ।

सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दे उनले सबै ठुला राष्ट्रका आ–आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट आफुलाई जोगाईराख्नु मुख्य चुनौति भएको बताए । नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उनको जोड थियो ।

उनले भने “धेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो । किन भने सबका आफ्ना आफ्ना हितहरु हुन्छन् । हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन् । नेपाल यी सबै चिजबाट जोगिनुपर्छ । नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ ।”

उनले गैह्रआवासिय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले “चिचि पनि पापा पनि” को संज्ञा दिदै त्यस्तो सुविधा असंभव रहेको बताए । उनले भने “दुइवटा नाउमा खुट्टा राख्ने मान्छे सागर गर्न सक्दैन । चिचि पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा क्लियर हुनुहोस् ।”

नेता नेपालले पूँजी, सिप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए । उनले नियम कानुनलाई खुकुलो बनाई लगानीमैत्री वातावरण श्रृजना गरि स्वदेशमै रोजगारीको अवसरहरु श्रृजना गर्नुपर्ने बताए ।

विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिदै उनले सरकारले गैह्आवासिय नेपालीलाई सम्मान गर्दै मुलुकको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.