२ कात्तिक, विराटनगर ।
विराटनगर महानगरपालिका–१३ स्थित जतुवा नहरबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार अन्दाजी साढे ९ बजेको समयमा जतुवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगबनीबाट शरीरका विभिन्न भागमा टेपले वेरी लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषधसहित धरान –८ वस्ने १९ वर्षीय देउ राज राईलाई पक्राउ गरेको हो ।
उनको साथबाट फेनारगन, डाईजेल्याव, एभिल र लुपिजेसिक गरी जम्मा ११२ एम्पुल लागु औषध फेला पारी नियन्त्रणमा लिई ईप्रका रानीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।