रेशमलाल चौंधरीलाई रिहा गर्न आदिवासी जनजातिको माग

रेशमलाल चौंधरीलाई रिहा गर्न आदिवासी जनजातिको माग

३ असोज, काठमाडौँ ।
नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष जगत बरामले कैद मुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौंधरीको विना सर्त तत्काल रिहा नभए सरकार विरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिएका हुन ।

गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तराष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरुको काठमाडौं घोषणा पत्र आईतबार सार्वजनिक गर्दै उनले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिहरुलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दवाव दिएको बताए । सो घोषणा पत्रमा गोर्खा सैनिकमा भर्ती भएका सैनिकका सन्तानहरुलाई वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकतालाई पनि निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ ।

त्यसैगरी घोषणा पत्रमा आदिवासी जनजाति संघ, संस्थाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै एकजुट भएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.