×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु

४ कार्तिक २०७६

४ कार्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन् ।

विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

Advertisement
Advertisement

श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसकेका कारण नेपालले तुलनात्मक रुपमा विकासको फड्को मार्न नसकेको भन्दै उनले आध्यात्मिक ज्ञानलाई विज्ञानसंग जोड्नुपर्ने बताए । उनले प्रविधिको प्रयोग गर्न नसकेकाले विकासमा नेपाल पछि परेको उल्लेख गर्दे उनले नेपाल र नेपालीको जीवनस्तर उठाई सम्मृद्ध नेपाल निर्माणका लागि प्राप्त ज्ञानलाई नेपालमा नै प्रयोग गर्न युवा बैज्ञानिकहरुलाई आग्रह गरे ।

उपराष्ट्रपति पुनले ३ दिन सम्म चल्ने सम्मेलनले दिने निचोड मुलुकका लागि ठूलो उपलब्धि हुने विश्वास आफुले लिएको बताए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयतहमा नै प्राविधिक शिक्षा उपलब्ध गराउने गरि विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राखेको बताए ।

Advertisement

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजना भएको सम्मेलन सम्मेलन ३ दिन सम्म चल्ने छ । स्वदेशमा कार्यरत र विदेशमा बसेका नेपाली बैज्ञानिकहरुको सहभागीता रहेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top