१ सय ९१ तोला चाँदीसहित सुनार पक्राउ

१ सय ९१ तोला चाँदीसहित सुनार पक्राउ

४ कात्तिक, हेटौँडा ।
भन्सार छलेर ल्याएको १ सय ९१ तोला चाँदीको गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ना १४ प २८३६ नम्बरको मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी सहायक निरीक्षक जयबहादुर प्रधान नेतृत्वको टोलीले हेटौँडा–२ देवीपथमा जाँचका क्रममा मोटरसाइकलको सिट र ट्याङ्कीमा लुकाइराखेको उक्त परिमाणको चाँदीको गहना बरामद गरेको हो।

प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। चाँदीको गरगहना वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.