मोरङबाट खैरो हिरोईनसहित ५ जना पक्राउ

४ कात्तिक, विराटनगर ।
विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अबैध लागुऔषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन ।

Advertisement

सोमबार बिहान ११ बजे चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका–६ बस्ने बर्ष ४० का सिद्धि गिरी लाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको छ ।  पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले केराबारी गाउँपालिका–७ बिचटोल बस्ने करण मगरको घरमा लागुऔषध सेवन गरीरहेको अवस्थामा बर्ष २० का करण मगर, बर्ष २२ का संदेश चौधरी, बर्ष १९ का शुसिल खेवा र बर्ष १९ को बिशाल चेम्जुङलाई ५ सय मिली ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा राखी अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top