सोलुमा आगलागीबाट ९८ लाख बराबरको क्षति

सोलुमा आगलागीबाट ९८ लाख बराबरको क्षति

४ कात्तिक, सोलुखुम्बु ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ ख्याम्पु बस्ने चन्द्रप्रकाश कोइरालाको घरमा आगलागी हुँदा ९८ लाख बराबरको क्षति भएको छ ।

सोमबार बिहानको राती २ बजे अचानक बिद्युत लाईन सर्ट भई लागेको आगोलागीले कोइरालाको ढुङ्गा माटोले बनेको ३ तले घर, घर भित्र रहेको काठ तखती, २ सय थान, सरा २ सय थान ,अन्नपात, लत्ता कपडा, भडाकुडा पूर्ण रुपमा जलेर नष्ट हुदाँ अन्दाजी ८० लाख बराबरको क्षति भएको छ ।

यस्तै कोठा भाडा लिई बस्ने रमेशकुमार राईको बैक स्टोर सप्लायर साझेदारी स्टोर भित्र रहेको जुत्ता, चप्पल, रेडिमेट कपडा, किराना सामान समेत पूर्ण रुपमा जल्दा अन्दाजी १८ लाख बराबरको क्षति भएको छ । घटनाबारे बिहान ४ बजे मात्रै थाहा पाएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी बिहान सवा ६ बजेमात्र पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.