लहान बसपार्कबाट ३ बोरा सुर्ती बरामद

लहान बसपार्कबाट ३ बोरा सुर्ती बरामद

५ कात्तिक, सिरहा ।
सिरहाको लहान नगरपालिका ३ स्थित पूरानो बसपार्कबाट भारतबाट भन्सार छली लुकाई छिपाई नेपाल भित्र्याउदै गरेको ३ बोरा सुर्ती प्रहरीले बरामद गरेको छ ।

नम्बर प्लेट नभएको रातो कलरको ग्लाईमर मोटरसाईकलमा लोड गरि ल्याउदै गर्दा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सुर्ती बरामद गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ तस्करहरु सामान छाडेर फरार रहेको प्रहरीले जनाएको छ ।

उक्त सुर्तीको बजार मुल्य ३७ हजार ५ सय रहेको छ । बरामद सुर्ती ठाडि भन्सारमा बुझाउने इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.