प्रधानमन्त्रीसंग मेरो कुनै असमझदारी छैनः प्रचण्ड

प्रधानमन्त्रीसंग मेरो कुनै असमझदारी छैनः प्रचण्ड

५ कात्तिक,पाँचथर ।
प्रधानमन्त्री केपि शर्मा ओलि र आफूबीच कुनै असमझदारी नरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् ।

कार्यकर्ता प्रशिक्षणकालागि पाँचथर सदरमुकाम फिदिम आएका दाहालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मीडियामा आएजस्तो कुनै असमझदारी नरहेकाले त्यसको पछि नलाग्न पनि आग्रह गरे ।

अध्यक्ष दाहालले पार्टीको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको पनि बताएका छन् । उनले पार्टी एकता प्रक्रिया केही ढिलो भए पनि एकता प्रक्रियालाई अन्तिम रुप दिने बारेमा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो चरणमा गम्भीरताका साथ छलफल गरेको भन्दै अध्यक्ष दाहालले अब चाडैँ टुँगो लाग्ने बताए ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल भएको उल्लेख गर्दै सी को भ्रमणले देश विकासमा दीर्घकालीन महत्व राख्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

नेकपा पाँचथरले आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पाँचथर आइपुगेका अध्यक्ष प्रचण्डसहित पार्टीका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि पाँचथर आएका छन् ।

स्थानिय तहमा हुनलागेको उपनिर्वाचनका विषयमापनि छलफल हुने नेकपा नेताहरुले बताएका छन् । पाँचथरमा एक गाउँपालिका अध्यक्ष र दुइ वडाध्यक्ष पदकालागि निर्वाचन हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.