विराटनगर र काठमाडौँबीचको क्रिकेटमा विराटनगर हाबी

४ कात्तिक ७६, मंगलबार

५ कात्तिक, विराटनगर ।
बिराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी र वान डे क्रिकेट सेन्टर काठमाडौँ बीचको प्रथम सिरिज सम्पन्न भएको छ । बिराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजनामा असोज २८ देखि ग्रीन टायर प्रा.लि. को ग्राउन्ड कटहरीमा भएको सो सिरिज सोमबार सम्पन्न भएको हो ।

Advertisement

प्रतियोगितामा ३ वटा एक दिवसीय , एउटा दुई दिने टेस्ट म्याच र २ वटा टि–२० आयोजना गरिएको थियो । बिराटनगरले ३ एक दिवसीय र २ वटा टि–२० जित्न सफल भयो भने वान डे क्रिकेट काठमाडौँको पोल्टामा परेको छ ।

Advertisement

प्रतियोगितामा बेस्ट ब्याट्सम्यान काठमाडौँका आदित सुबेदी, बेस्ट बलर र म्यान अफ द सिरिज काठमाडौँका सुरज भगत भए । त्यसैगरी इमरजिङ खेलाडी काठमाडौँका प्रिसियस थापा घोषित भए ।

प्रतियोगिताको विजेता टिम तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । सिरिज आयोजना गर्न आनन्द ज्योति युवा क्लब कटहरी र कोशी मल्टिपल क्याम्पस, बिराटनगरले सहयोग गरेको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top