अपराधिक गतिविधिका जोकोहीलाई पनि सरकारले नछाड्ने

५ कात्तिक ७६, मंगलबार
Share this
703shares

५ कात्तिक,काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन् ।

Advertisement

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कार्वाही प्रक्रियालाई अघि बढाउने आँट गरिरहेको पनि स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने दृढता पनि व्यक्त गरे । नेता रायमाझीले गाउँगाउँमा विकास निर्माणको कामको लहर सुरु भएको पनि बताए ।

Advertisement

‘सडक, संचार, सिंचाईको सुविधा गाउँगाउँमा पुगेको छ,’ नेता रायमाझीको दावी थियो, ‘इतिहासमा यस अघि यस खालको विकास निर्माणको लहर कहिल्यै चलेको थिएन ।’ नेता रायमाझीले अव सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने दावी पनि गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top