भाइ मसलामा उपभोक्ताको आकर्षण, पौने अर्बको बिक्री हुने

५ कात्तिक ७६, बुधबार

५ कात्तिक, काठमाडौँ । 

 तिहार नजिकिएसँगै बजारमा भाइ मसला बिक्री बढ्न थालेको छ । साना खुद्रा पसलदेखि ठूला सुपर मार्केटहरु ‘तिहार बजार’ ले छोपेसँगै उपभोक्ताको ध्यान भाइ मसलाको आकर्षक प्याकेटमा पर्न थालेकाे छ ।

सुपर मार्केटमा यस वर्ष प्रति प्याकेट न्यूनतम ४ सय रुपैयाँदेखि करिब १७ सय रुपैयाँसम्मको भाइ मसला रहेको अनामनगर भाटभटिनीले जानकारी दिएको छ । भाइमसलाको अझै नयाँ प्याकेट आउने तयारीमा रहेको जानकारी दिँदै ग्राहकलाई नै लक्षित गरी प्याकेट आउने बताइयो ।

पछिल्लाे समय सामाग्री किन्दा ग्राहकहरु बढी मूल्य तिरेर आकर्षक एवम् गुणस्तरीय सामाग्री लिने गर्छन् । यहि क्रम तिहार लागेसँगै सुन्दर भाइमसलाको प्याकेट खरिद गर्न कुनै लोभ गर्दैनन् । भाटभटेनीमा भेटिएकी सिर्जना शाक्य भन्छिन्- वर्षदिनमा आउने तिहारका लागि मूल्य कति पर्छ भन्दापनि आकर्षक मसलाको प्याकेट राेजाइमा परेकाे बताइन् ।

यता, हाल असन बजारमा तिहारको चहलपहल शुरु भइसकेको छ । पुरानो एवम् सम्पूर्ण उपभोक्ताको केन्द्रविन्दु रहेको न्यूरोड तथा असनका चोक चोकमा तिहार लक्षित सामाग्री किन्नेको भिड बढेको छ । तिहार बजार लागेसँगै भाइमसलाको बिक्री शुरु भएको असनका खुद्रा व्यापारी घनश्याम महर्जनले बताए ।

उनले भने-यस वर्ष मसलाको मूल्य नबढेको भन्दै पछिल्लो समय खुल्ला मसला किन्नेको संख्या पनि बढिरहेको हुँदा हाल आफ्नो पसलमा ५० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मको प्याकेट रहेको जानकारी दिए ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यस वर्ष भाइ मसलाको मूल्य खासै नबढेको जानकारी दिए । सुकुमेल र मखनकाे मूल्य भने बढेकाे छ । सुकुमेलकाे मूल्य गत आवकाे तुलनामा २५ सय रुपैयाँले बढेर ५५ सय रुपैयाँ पुगेकाे छ ।

मखन प्रतिकेजी ११ सयबाट बढेर १२ सय ५० पुगेको छ । अन्य मसलाकाे भने खासै मूल्य बढेको छैन । उपभोक्ताहरु मूल्य तथा गुणस्तर प्रति सचेत रहेसँगै अघिल्ला वर्षमा बिक्री नभएका भाइ मसला बिक्री गर्ने प्रथा हराएको अध्यक्ष श्रेष्ठले बताए ।

नेपालमा पछिल्लो समय चाडपर्व मनाउने शैली नक्कल गर्ने मानिसको संख्या बढेको छ । सामाग्रीको मूल्यभन्दा पनि उपभोक्ताले हेर्दा आकर्षक एवंम गुणस्तरीय वस्तुप्रति ध्यान दिनु पर्छ, भन्ने कुरामा सजक भएर अगाडी बढ्दा राम्राे हुने उनले बताए ।

भाइ मसलामा प्रयोग हुने प्रमुख सामाग्रीको मूल्य

भाइ मसलाको प्याकेटमा प्रयोग हुने सामाग्री काजु प्रतिकेजी १५ सयदेखि १७ सय रुपैयाँसम्म बजार मूल्य रहेको छ । त्यस्तै अत्याधिक मात्रामा सबैले रुचाउने किसमिस प्रतिकेजी ५ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँ रहेको छ । पेस्ता प्रतिकेजी १७ सय देखि १९ सय रुपैयाँ रहेको छ । दालचिनी प्रतिकेजी ५ सय रुपैयाँदेखि ५ सय ५० रुपैयाँ रहेको छ । ल्वाङ प्रतिकेजी १८ सय रुपैयाँ रहेको छ । सुपारीको मूल्य प्रतिकेजी ६ सय रुपैयाँ रहेको छ । यस वर्षको तिहारमा करिब पौने अर्बको भाइ मसला विक्री हुने व्यवसायीको अनुमान छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top