सडक छेउमा जमेको पानीमा डुबेर नब्बे वर्षीय बृद्धको ज्यान गयो

५ कात्तिक ७६, बुधबार

६ कात्तिक, सुनसरी ।

Advertisement

सुनसरीको ईटहरी उपमहानगरपालिका–२० तरहराका ९० बर्षीय झपट बहादुर बस्नेतको पानीमा डुबेर ज्यान गएको छ ।

मंगलवार दिउँसो सवा ४ बजे कोशी राजमार्गको सडक छेउमा जमेको पानीमा डुबेर मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप प्रहरी टोली खटि कानुनी प्रकृया पुरा गरेर शव परिक्षणको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ । घटनाको थप अनुसन्धान भईरहेको पनि ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top