मोरङ र सुनसरीबाट १३ जना जुवाडे पक्राउ

मोरङ र सुनसरीबाट १३ जना जुवाडे पक्राउ

६ कात्तिक, विराटनगर ।
सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलवार राती साँढे ८ बजे मोरङको कटहरी गाउँपालिका–२का सुरेश मण्डलको घरमा तास खेलिरहेको अवस्थामा मण्डलसहित स्थानिय मुनेश्वर मरिक, दिपक मरिक, शिवेन्द्र मरिक, मोहम्बर साफी र दिरज गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ बुङ तास र नगद ६८ हजार ९ सय ६० समेत बरामद गरेको छ ।

यसैगरी बुधबार बिहान राती १ बजेको समयमा सुनसरीको ईनरुवा नगरपालिका–१ मा रहेको नम्रता होटलाबाट पनि तास खेलिरहेका स्थानीय प्रदिप कुमार साह, रवी साह, राजकुमार साह, शम्भु कुमार साह, हसवुल मन्सुरी, राम बहादुर तामाङ र रामानन्द मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय सुनसरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ७ थान मोबायल, नेपाली रुपैयाँ ८१ हजार ५ सय ७० र भारतीय रुपैयाँ ६ हजार ६ सय ८० बरामद गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.