प्रधानमन्त्रीले भनेः‐दाहालसँग दुरी बढेको छैन

१० कात्तिक, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दुरी बढने कुनै सम्भावना नरहेको बताएका छन् ।

Advertisement

असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दुरी बढने कुनै अवस्था नरहेको बताएका हुन् । ‘रमाईलो कुरा गर्नु भयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन ।

हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था दुवै छैन ।’ प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दुरी बढेको समाचार विभिन्न समाचार माध्याममा आईरहेका थिए । प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले दाहालले मदन भण्डारीसँग आफूलाई तुलना गरे नि ? भन्ने प्रश्नको जवाफमा ओलीले भने के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताए । । ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने ईच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दुरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top