निर्मला प्रकरणमा गृहमन्त्रीको छोराको डिएनए गर्न तरुण दलको माग (भिडियोसहित)

१० कात्तिक, काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

Advertisement

कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला प्रमुख प्रतिपक्ष दल कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष बस्नेतले सो हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृहमन्त्री थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका हुन् ।

तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डिएनए परीक्षण गरौं भन्ने आफूले आग्रह गरेको पनि बताए । २०७५ साल श्रावण १० गते बालिका पन्तको बलात्कार पछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।

Advertisement

अध्यक्ष बस्नेतले पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा निर्मला हत्याकाण्डको तथ्य पत्ता लगाउन आफूले पटकपटक गृहमन्त्री थापाको छोराको डिएनए परीक्षणको माग गर्दै आएको पनि बताए ।

अध्यक्ष बस्नेतले २०३६ सालमा हत्या गरिएकी नमिता–सुमिता हत्याकाण्डको पनि आफ्नो संगठनहरुले पर्दाफास गर्ने बताए । दरबारीयाहरुले ती दुई नारीको हत्या गरेपनि त्यतिबेला नेपाल तरुण दल नभएकाले सो हत्यामा संलग्नहरु सार्वजनिक हुन नसकेको उनको दावी थियो ।

Advertisement
निर्मला प्रकरणमा गृहमन्त्री थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग

https://www.facebook.com/nepaltimesnews/videos/1143704185835568/

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top