दिपावलीमा घरमा आगलागी हुँदा जलेर बालकको मृत्यु

दिपावलीमा घरमा आगलागी हुँदा जलेर बालकको मृत्यु

मोरङ, कार्तिक ११ गते । मोरङको पथरी शनिश्चरे नगरपालिका ५ कोठेबारीमा आइतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको छ ।

गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घरभित्र सुतिरहेका गिरीका ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आगलागीबाट गिरीको एक तले घर सहित ३ तोला सुन र ३ तोला चाँदीको गहना, अन्दाजी नगद ९५ हजारसहित घर भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

यस्तै मोरङको केरावारी गाउँपालिका ८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा राती ९ बजे घरमा बालेको मैनबत्तीबाट आगलागी हुँदा २ तले घरसहित साढे ४ तोला सुनका गहना, नगद ४५ हजार र ग्वाली समेत जल्दा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको छ ।

उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलबारी,केरावारी र स्थानीयवासीले राती साढे ९ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.