वैदेशिक रोजगारमा गएकाहरु पारिश्रमिकमा ठगिए

१० कात्तिक ७६, सोमबार

११ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारमा गएका अधिकांश नेपालीहरुले श्रम सम्झौता अनुसार पारिश्रमिक नपाएपछि मारमा परेका छन् ।

Advertisement

नेपाल सरकारले वैदेशिक रोजगारी गएका नेपालीहरुको गुनासो सम्बोधन गर्न स्थापना गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ‘कल सेन्टर’ मा श्रम सम्झौता अनुसार पारिश्रमिक नै नपाएको गुनासो धेरैजसोले गर्ने गरेको जानकारी गराएको हो । त्यसैगरी श्रम सम्झौता अनुसार काम नै पाउनेहरुको पनि गुनासो धेरै आउने गरेको कल सेन्टरकी टिम लिडर निसिता लुईटेलले जानकारी दिए ।

कल सेन्टरमा आएका गुनासोलाई सम्बन्धित निकायमा फरवार्ड गरी समाधानका लागि पहल गरिन्छ । सम्बन्धित निकायले वैदेशिक रोजगारीमा देखिएको समस्या समाधानका लागि सुझाव दिएपछि पीडित व्यक्तिलाई त्यसबारे आवश्यक सूचना दिने व्यवस्था समेत गरिएको कल सेन्टरले जनाएको छ ।

Advertisement

नेपाल सरकारले म्यान पावर कम्पनीमार्फत नै वैदेशिक रोजगारमा जानेहरु ठगिएको पाएपछि उनीहरुको समस्या तत्काल समाधान गर्न गुनासो सुनुवाईका लागि कल सेन्टरको स्थापना गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top