कप्तान सकीब अल हसनलाई अन्तराष्ट्रिय क्रिकेट खेल्न दुई वर्ष प्रतिबन्ध

१३ कात्तिक ७६, बुधबार
Share this
762shares

१३  कात्तिक,बंगलादेश। बंगलादेश टेस्ट क्रिकेट टिमका कप्तान शकिब अल हसनलाई भ्रष्टाचारको आरोपमा दुई वर्ष प्रतिवन्ध लागेको छ ।

Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्टाचारसम्बन्धी नियम उलंघन गरेको भन्दै शकिबलाई सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित दुई वर्षको प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ ।

आईसीसीको एन्टी करप्सन युनिटले लामो अनुसन्धानपछि शकिबलाई दोषी ठहर गरेको हो । शकिबले एन्टी करप्सन कोडको तीन मुख्य नियम उलंघन गरेको आईसीसीको आरोप छ । शकिबले विभिन्न खेलमा खेल बेटिङका लागि आएको प्रस्तावबारे आईसीसीलाई नदिएको बताइएको छ ।

Advertisement

सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज र इण्डियन प्रिमियर लिग चरणका विभिन्न खेलमा बेटिङको सूचना पाएपनि हसनले जानकारी नगराएको आरोप लगाइएको छ ।

बंगलादेशका लागि ३३८ खेल खेलेका ३२ वर्षीय शकिब एक दिवसीय क्रिकेटको अलराउण्डर वरियताको शीर्ष स्थानमा रहेका छन् । शकिबले आफूमाथि लागेको आरोप स्वीकार गरेको र आईसीसीको प्रतिबन्धलाई पूर्णरुपमा पालना गर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top