पुष्पकमलले दिए प्रधानमन्त्री आजै डिस्चार्ज हुने सन्देश

१४ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार गरिएको डाईलासिस पनि सफल भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा बिहीबार दोस्रो पटक गरिएको मृर्गौंलाको डाईलासिस पनि भर्खरै सफलतापूर्वक सम्पन्न भएको हो ।

Advertisement

योसँगै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई केरबेरमै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।

प्रधानमन्त्रीलाई डाईलासिस गरेपछि अस्पतालमै पुगेर भेट गर्नु भएका उहाँले संचारकर्मीमाझ भर्खरै डाईलासिस गरिएको र एकैछिन रेष्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताए ।

Advertisement

उनले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताए । ‘भर्खरै डाइलाईलासिस भएपछि एकैछिन रेष्ट गरेर उहाँ डिष्चार्ज हुँदै हुुनुहुन्छ, आज बालुवाटार जानुहुन्छ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘प्रधानमन्त्रीले आफूलाई अहिले ठिक भयो भन्नु भयो ।’

प्रधानमन्त्री ओलीले दाहालसँग आफ्नो स्वास्थ्यमा छिटो छिटो समस्या देखा परेको पनि बताएका थिए । अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीको फेरी डाइलासिस गर्नुपर्ने, नपर्ने भन्ने कुरा भने भोली, पर्सीको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरुले बताएका थिए ।

Advertisement

प्रधानमन्त्री ओलीले बुधबार ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाईलासिस गराएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top