१४ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउन खेल क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपालका खेलाडीहरुले देशको पहिचान गराउने गरी आफ्नो क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रर्दशन गरिरहेको भन्दै खुसी पनि व्यक्त गरे ।
पार्कर विधामा तेस्रो पटक गिनिज बुकमा नाम लेखाउन सफल खेलाडी दिनेश सुनुवारको सम्मानमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रले स्वास्थ्य नागरिक र सभ्य समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
अध्यक्ष दाहालले मुलुकलाई अराजकतातर्फ लैजाने खोज्ने प्रवत्तिहरु पनि देखिएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।