प्रधानमन्त्रीले दिए क्रिकेट टिमका नवनियुक्त कप्तान मल्ललाई बधाई

प्रधानमन्त्रीले दिए क्रिकेट टिमका नवनियुक्त कप्तान मल्ललाई बधाई

१५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत मल्ललाई बधाई दिएका हुन् । झण्डै १० वर्ष कप्तानको भूमिकाबाट पारस खड्काले राजीनामा दिएपछि मल्लले कप्तानको जिम्मेवारी पाएका हुन् । मल्ललाई गएको बुधबार नेपाल क्रिकेट स‌ंघ (क्यान) ले कप्तानको जिम्मेवारी दिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भएका थिए । उनी बिहीबार साँझ मात्रै अस्पतालबाट डिस्चार्ज भएका हुन् । यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित विभिन्न दलका नेताहरुले कप्तान मल्ललाई बधाई दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.