प्रधानमन्त्री शनिबार पुनः डायलासिसकालागि ग्रान्डी जाने

प्रधानमन्त्री शनिबार पुनः डायलासिसकालागि ग्रान्डी जाने

१५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलासिस गरिने भएको छ ।

बुधबार र बिहीबार धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओलीलाई शनिबार फेरि चिकित्सकले बोलाएका छन् ।

यसअघि प्रधानमन्त्रीको दुई पटक डायलासिस भइसकेको छ । सातामा तीन पटक प्रधानमन्त्रीले डायलासिस गर्नुपर्ने भएको छ । डायलासिसको विकल्पमा पुनः मिर्गौला प्रत्यारोपणमा समेत जान सकिने स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीको १२ वर्षअगाडि मिर्गौला प्रत्यारोपण भएको थियो । बुधबार र बिहीबार मिर्गौलाको डायलासिस गराएका प्रधानमन्त्री ओली राति आठ बजेपछि सरकारी निवास बालुवाटार फर्किएका थिए । अस्पतालबाट निस्कँदा प्रधानमन्त्रीले स्वास्थ्यबारे कुनै प्रतिक्रिया दिएनन् । आफूलाई ठीक भएको संकेतमा दुबै हात हल्लाए । गाडी चढ्नुअघि उपस्थित शुभचिन्तक र पत्रकारसँग उनले भने,”ओके ” ।

यसअघि ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मिर्गौला डायलासिस गरिएको जानकारी दिएका थिए ।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधी परिवर्तन गरेका थिए। मिर्गौला प्रत्यारोपण गरेका बिरामीले त्यसको कार्य सन्तुलन कायम राख्न औषधी खाइरहनु पर्छ।

यसअघि नियमित फलोअपका लागि बैंकक जाने प्रधानमन्त्री गत साउनमा सिंगापुर गएका थिए। सिंगापुरमा उनले पहिले खाने औषधी परिवर्तन गरिएको थियो। औषधीको नकारात्मक असर देखिएपछि भदौमा प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.